आरआरआरमा आफ्नो सिन काटेको भन्दै निर्देशक राजामौलीसँग रिसाइन् आलिया

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ५ : ११


काठमाडौं। दक्षिण भारतीय चलचित्र ‘आरआरआर’मा आफ्नो सिनहरु काटेको भन्दै बलिउड अभिनेत्री आलिया भट्ट सो चलचित्रका निर्देशक एसएस राजामौलीसँग रिसाएकी छिन्।

प्रदर्शनमा रहेको दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले बक्स अफिसमा राम्रो कलेक्सन गरिरहेको छ। फिल्मले राम्रो कमाइ गरिरहेकै बेला भने आलियाले आफ्नो सिनहरु काटेको भन्दै असन्तुष्टी जनाइरहेकी छिन्।

आलिया फिल्म प्रमोसन गर्न कपिल शर्मा सो लगायत धेरै ठाउँमा गएकी थिइन्। तर आफ्नो रोलहरु काटिएपछि उनको सिन केही मिनेटमा मात्र सिमित भएको छ।

अमर उजालका अनुसार आलिया र राजामौलीबीच बोलचाल नै बन्द भएको छ।

उनले निर्देशकसँग चित्त दुखाएर आफ्नो सामाजिक सञ्जालबाट फिल्मको प्रचार सामग्री पनि हटाएकी छिन्। आलियाले निर्देशक राजामौलीलाई इन्स्टाग्राममा समेत अनफलो गरेकी छन्।

‘आरआरआर’मा ‘सिता’को भूमिका निर्वाह गरेकी आलियाले २० मिनेटको दृष्यका लागि ९ करोड भारु पारिश्रमिक लिएकी थिइन्।


प्रतिक्रिया दिनुहोस्