एक गर्भवतीको मृत्यु भएपछि महिला डाक्टरको चर्को विरोध, अन्ततः डाक्टरले आत्महत्या गरिन्

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ४ : २४


काठमाडौं। भारतको राजस्थानमा एक गर्भवती महिलाको डेलिभरीका क्रममा हालै मृत्यु भएको थियो।

निजी अस्पतालमा गर्भवतीको मृत्यु भएपछि सो अपरेसनमा खटेकी डाक्टर अर्चना शर्माको चर्को विरोध भएको थियो।

मृतकका परिवारले प्रहरीमा डाक्टर अर्चनाविरुद्ध हत्याको उजुरी नै दिएका थिए। सो घटनापछि अर्चनाले आत्महत्या गरेकी हुन्।

यतिबेला राजस्थानभरका निजी अस्पतालले २४ घण्टाको लागि सेवा बहिष्कार गरेका छन्।

त्यहाँका सरकारी अस्पतालले पनि आज बिहान ९ बजेदेखि ११ बजेसम्म सेवा बहिष्कार गरेका थिए।

डाक्टर अर्चनालाई मानसिक रुपमा यातना दिएर आत्महत्या गर्न बाध्य बनाएको भन्दै चिकित्सकहरु रुष्ट बनेका हुन्। बीबीसीहिन्दी


प्रतिक्रिया दिनुहोस्