काठमाडौं । दक्षिण भारतको हैदराबादमा एक बहुचर्चित बलात्कार काण्डमा पक्राउ परेका ४ अभियुक्तको प्रहरीले इन्काउन्टर गरेपछि भारतभर यसले मिश्रित प्रतिक्रिया जन्माएको छ ।
भारतमा सर्वसाधारणले प्रहरीको प्रशंसा गरेका छन् । इन्काउन्टरमा संलग्न प्रहरीहरुलाई लड्डु समेत खुवाइएको छ ।
#HyderabadEncounter के बाद पुलिस पर बरसाए गए फूल#Encounter #hyderabadpolice pic.twitter.com/LFNRKQ2IWW
— ABP News (@ABPNews) December 6, 2019
एकथरिले 'जस्तालाई उस्तै' भन्दै प्रहरीको प्रशंसा गरेका छन् भने अर्को तर्फ सत्ताधारी दल भाजपाकै नेताहरुले कानुनको खिल्ली उड्ने काम भएको भन्दै सरकारको आलोचना गरेका छन् ।
#WATCH Maneka Gandhi:Jo hua hai bohot bhayanak hua hai desh ke liye. You can't take law in your hands,they(accused) would've been hanged by Court anyhow. If you're going to shoot them before due process of law has been followed, then what's the point of having courts,law&police? pic.twitter.com/w3Fe2whr31
— ANI (@ANI) December 6, 2019
हैदराबादमा ८ दिन पहिले एक डाक्टर युवतीको बलातकार पछि आगोले जलाएर हत्या गरिएको थियो । उक्त घटनापछि दोषीमाथि कडा भन्दा कडा सजाय हुनुपर्ने माग सडकदेखि सदन सम्म उठेको थियो ।
प्रहरीमाथि निकै दबाब परेपछि शुक्रबार बिहानै अभियुक्तहरुलाई इन्काउन्टरमा मारिएको हो । प्रहरीले आफूमाथि परेको दबाब इन्काउन्टर गरेर राम्रो सन्देश दिने प्रयास गरेपनि के ति अभियुक्त नै दोषी थिए त ? त्यो कुरा भने प्रमाणित भइसकेको थिएन् ।
प्रहरी नियन्त्रणमा रहेकाहरुमाथि इन्काउन्टरको नाममा हत्या गर्नु मानव अधिकारको गम्भीर उलंघन समेत हो ।
भारतको घटनाबारे सामाजिक सञ्जालमा थुप्रै प्रतिक्रिया जन्माएको छ । नेपाल प्रहरीका पूर्व डिआईजी हेमन्त मल्लले प्रहरीले दुई दिन वाहवाही पाउन गरेको यस्तो कार्यले विश्वलाई नराम्रो सन्देश गएको भन्दै ट्विट गर्नुभएको छ ।
हैदराबाद्को घटनाले दुई दिन वाहवाही त पाइएला तर अनुसंधान नै नसकिदै प्रहरीको सुरक्षामा रहेका व्यक्ती ईन्काउंटरमा मरिनु भनेको समाज र सरकार आदिम युगको न्याय प्रणालीमा विश्वास गर्दछ र कुनै पनि नागरिक सुरक्षित छैन भन्ने दुरगामी संदेश विश्वमा जान्छ।
— Hemant Malla (@Hemantmalla) December 6, 2019
इन्काउन्टरका नाममा प्रहरीले 'अपराधी'हरुलाई ड्याङका ड्याङ मार्ने हो भने संसारका सबै अदालतहरु बन्द गर्दिए भएन? बलात्कारीलाई सजाय दिन होस् वा घुसखोरीलाई– राज्यले 'विधि'को पालना गर्नैपर्छ। #Encounter
— Manoj Dahal (@ManojDahal) December 6, 2019
यो पनि
बलात्कारका अभियुक्तलाई गोली ठोक्ने प्रहरीलाई फुलको माला तर, उठ्यो गम्भीर प्रश्न !