काठमाडौं। रुसले युक्रेनमा आक्रमण गरेको दोस्रो महिनामा प्रवेश गरेको छ।
रुसी सेनाले युक्रेनका सर्वसाधारणलाई गोली नचलाउने बताउँदै आएका छन्।
यद्यपी रुसी सेनाले युक्रेनका सर्वसाधारणमाथि पनि गोली चलाएको पाइएको छ। बीबीसीका अनुसार युक्रेनकी ४५ वर्षकी नटेलियामाथि रुसी सेनाले जानाजान गोली चलाएका छन्।
उनको खुट्टामा गोली लागेको छ। नटेलियाका अनुसार रुसी सेनाले जानाजान गोली चलाएका हुन्।
खबरअनुसार पोलोही क्षेत्र यतिबेला रुसी सेनाको कब्जामा छ। सोही क्षेत्रकी नटेलिया आफ्नी आमाको घर जान खोजिरहेकी थिइन्।
रसी सेनाको एक समूहले अनुमति दिएपछि उनी आफ्नी आमाको घरतर्फ जाँदै थिइन्। तर हतियारविहीन उनलाई अर्को समूहको रुसी सेनाले खुट्टामा गोली चलाएका हुन्।
आफू जीवितै पाउँदा उनी दंग छिन्।