काठमाडौं। अफगानिस्तानलाई सहयोग गर्ने भनेर छुट्याइएको ६० करोड अमेरिकी डलरको परियोजना विश्व बैंले रोकिदिएको छ।
अफगानिस्तानको तालिबान सरकारले छात्रालाई विद्यालय जानबाट रोक लगाएपछि विश्व बैंकले त्यहाँ सहयोग नगर्ने फैसला गरेको हो।
उक्त रकम अफगानिस्तानको शिक्षा, स्वास्थ्य, कृषी लगायतका क्षेत्रमा खर्च हुने थियो।
विश्व बैंकले आफ्नो सहयोगले त्यहाँका महिलालाई फाइदा पुगेमात्र रकम पठाउने बताएको छ।
गत अगष्टमा जब तालिबान सत्तामा पुगेको थियो त्यसबेला उनीहरुले महिला अधिकार सुनिश्चित गर्ने वाचा गरेका थिए।
तर यतिबेला उनीहरुले महिलालाई शिक्षा, स्वास्थ्य तथा रोजगारको पहुँचबाट टाढै राखेको देखिएको छ। बीबीसी