काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ घटेको छ । बिहीबार सुन प्रति तोलामा प्रति तोला ७२ हजार रुपैयाँमा कारोबार भैरहेको थियो तर शुक्रबार भने सुन प्रति तोलामा ३ सय रुपैयाँले घटेर प्रति तोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार तेजावी सुनको भाउ ७१ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै यस दिन चाँदीको भाउ स्थिर रहेको छ । बिहीबार चाँदी प्रति तोला ८५० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार पनि ८ सय ५० रुपैयाँमै कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।