छाउगोठ बसेकी पार्वतीको मृत्यु भएपछि जेठाजु पक्राउ

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ५ : १०


काठमाडाैं । अछाममा छाउगोठ बसेकी एक युवतीको मृत्यु भएपछि एक जना पक्राउ परेका छन् । महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य बनाइएकी अछाम जिल्लाकी युवती २१ वर्षीया पार्वती बुडा राउतको मृत्यु भएपछि प्रहरीले उनका जेठाजुलाई पक्राउ गरेको हो ।

पार्वतीको शव सोमबार बिहान गोठभित्र फेला परेको थियो । अत्यधिक चिसो बढेपछि उनले राति सुत्ने बेला छाउगोठभित्र आगो बालपछि निस्सासिएका कारण उनको ज्यान गएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्