राजापाक्षेसँग परराष्ट्रमन्त्री नारायण खड्काको शिष्टाचार भेट

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ८ : २९


परराष्ट्रमन्त्री नारायण खड्काले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेसँग शिष्टार भेटवार्ता गरेका छन्।

बिमिस्टेक शिखर सम्मेलनमा भाग लिन श्रीलंका पुगेका परराष्ट्र मन्त्री खड्का मंगलबार प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । त्यस क्रममा नेपाल श्रीलंका सम्बन्ध र सहयोग आदान प्रदानबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसअघि परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको थियो।


प्रतिक्रिया दिनुहोस्