भारतमा ४ बलात्कारीलाई गोली हानी मारिएपछि परिवारलाई ‘न्यायको अनुभुति’

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ३ : ४०


नयाँ दिल्ली । भारतको हैदराबादमा  दुई युवतीको बलात्कार पछि निर्मम हत्या भएको बहुचर्चित बलात्कार काण्डमा पक्राउ परेका ४ अभियुक्तलाइृ प्रहरीले इन्काउन्मा गोली मारेपछि युवतीको परिवारले दिवंगत छोरीलाई न्याय मिलेको प्रतिक्रिया दिएका छन् ।

मृतक युवतीका बुबाले आफ्नी छोरीलाई न्याय मिलेको र भगवानले दोषीलाई सजाय दिएको बताउँनु भएको छ । 

मृतक युवतीकी आमाले पनि न्यायको अनुभुति भएको बताउँनु भएको छ । 

अनसनरत दिल्ली महिला आयोगकी अध्यक्षले महिला सुरक्षाका लागि यो कदम उपयुक्त रहेको प्रतिक्रया दिनु भएको छ । 

तेलंगाना प्रहरी अधिकारीका अनुसार आज (शुक्रबार) बिहानै एक मुठभेडमा ४ अभियुक्तहरुको मृत्यु भएको छ । 

शव पाइएको एक स्थलमा सोधपुछका लागि भारतीय प्रहरीले बिहिबार अभियुक्तहरुलाई लगेको थियो । त्यसक्रममा अभियुक्तहरु भाग्न थालेपछि प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेको थियो । उनीहरुको मृत्यु भएको भारतीय अधिकारीहरुले पुष्टि गरेका छन् । 

गत बिहिबार हैदराबादमा एक २७ वर्षीया महिला पशुचिकित्सकको बलात्कार र हत्या भएको थियो । गत बुधवार साँझ स्थानीय समय ६ बजेतिर ती महिला आफ्नो स्कूटरमा डाक्टरकहाँ जाने भन्दै घरबाट निस्किएकी थिइन् ।

पछि उनले आफ्नो स्कूटर पन्चर भएको, र एक ट्रक ड्राइभर मद्दत गर्न अघि सरेको जानकारी परिवारलाई फोनबाट दिएकी थिइन् । त्यसको केही समयपछि उनलाई फोनमा सम्पर्क गर्ने प्रयास विफल भए । बिहीवार बिहान उनको मृत शरीर सडकको ‘फ्लाइओभर’ मुन्तिर एक दूध व्यापारीले भेटेका थिए ।

डाक्टर बलात्कारपछि हत्या भएको घटनाले पूरा भारतभर आक्रोश उत्पन्न गराएको छ । भारतीय संसदमा दोषीलाई फाँसी दिनुपर्नेसमेत बताएका थिए ।
भारतमो गत एक हप्तामा अन्य थुप्रै बलात्कारका घटना घटेका छन् । 

एक २३ वर्षीया ‘बलात्कार पीडित’ महिलालाई अदालत जाँदै गर्दा आगो लगाइएपछि उनी बाँच्नका लागि उत्तरी भारतस्थित एउटा अस्पतालमा सङ्घर्ष गरिरहेकी छन् । 
उत्तर प्रदेशमा गत मार्च महिनामा आफूलाई दुई जनाले बलात्कार गरेको आरोप लगाएकी ती महिला सो मुद्दाको बहस सुन्न अदालत जाँदै थिइन् ।

आगोका कारण गम्भीर घाइते ती महिलाको अस्पतालमा उपचार भइरहेको बताइएको छ । एक वरिष्ठ प्रहरी अधिकृतले बीबीसीलाई सो घटनामा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरिएको बताएका छन् ।

पक्राउ गरिएकामध्ये एकजना केही महिना अगाडि भएको बलात्कारको अर्को घटनाका पनि आरोपित हुन् । स्थानीय सञ्चारमाध्यमका अनुसार ती महिलालाई रेल्वे स्टेशन जाँदै गर्दा आरोपितहरूले कुटपिट गरेका र नजिकैको खेतमा तानेर लगेका थिए ।


प्रतिक्रिया दिनुहोस्