काठमाडौं । राजनीतिक विश्लेषक तथा स्तम्भकार सौरभले एमसीसी सम्झौता पास गर्न सघाएका कारण केपी ओलीलाई मतदाताले साथ नदिने बताएका छन्।
यसअघि केपी ओलीको प्रसंशा गर्दै आएका लेखक सौरभले हालै एक टेलिभिजन अन्तरवार्तामा ओलीले एमसीसी पास गर्न सघाएको एवं यसअघि चुनावी प्रोपोगाण्डाका लागि अनेक कुरा गरेका कारण ओलीलाई अब मतदाताले नपत्याउने बताएका हुन।
एमसीसी सम्झौता नेपालका लागि घातक रहेको बताउँदै नेपालले एमसिसी स्वीकार्नुको परिणाम २ वर्षमै भोग्ने उनको टिप्पणी छ।