माइकोलाइभमा रुसी क्षेप्यास्त्रका कारण तीन जनाको मृत्यु, ठूलो भवन ध्वस्त हुँदा २२ घाइते

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ५ : २५


काठमाडौं। युक्रेनको दक्षिणी शहर माइकोलाइभमा रुसी सेनाले क्षेप्यास्त्र प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ।

मंगलबारको रुसी आक्रमणमा अन्य २२ नागरिक घाइते भएको पनि बीबीसीले जनाएको छ।

क्षेप्यास्त्रले ठूलो भवनहरु ध्वस्त भएको पनि जनाइएको छ।

माइकोलाइभका गभर्नर भिटाली किमले एक फोटो सार्वजनिक गर्दै रुसी क्षेप्यास्त्रले एउटा ठूलो भवनलाई नराम्रोसँग क्षति पुर्याएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्