बिहे गर्न नमान्ने महिलालाई आगो लगाएर मार्न खोजे, नसकेपछि आफैंलाई आगो लगाए

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ४ : ५३


केरला। भारतको केरला राज्यमा एक पुरुषले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेका छन्।

भलायमका रतनेश नाम गरेका ४२ वर्षका व्यक्तिले एक महिलालाई अत्यन्तै मन पराएका थिए। उनी ती महिलासँग विवाह गर्न चाहन्थे।

तर महिला र उनका परिवारले रतनेशको विवाह प्रस्ताव अस्वीकार गरे। विद्युतको काम गर्ने उनले विवाह प्रस्ताव टुक्रिएपछि महिलाको हत्या गर्ने योजना बनाए।

अन्ततः आज मंगलबार बिहान साढे २ बजेको समयमा उनी महिलाको घरमा गएका थिए। त्यहाँ उनले सुतिरहेकी महिलालाई जलाएर हत्या गर्न खोजेका थिए।

तर उनको योजना असफल भएपछि आजै बिहान उनले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेका हुन्।

खबरअनुसार ती पुरुषले प्रज्वलनशील बस्तु फ्याँकेर महिलामाथि आगो लगाउन खोजेका थिए। उनले आगो लगाएका पनि थिए। तर चाँडै भाग्न सफल भएकाले ती महिला उनका दाई र भाउजु सामान्य घाइते मात्र भएका छन्। ज्यान भने जोगिएको छ। एनडीटीभी


प्रतिक्रिया दिनुहोस्