वसन्तपुरको गद्दी बैठक आजदेखि सर्वसाधारणको खुल्ला गरिँदै

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ३ : ११


काठमाडौंको वसन्तपुरस्थित गद्दी बैठक आजदेखि सर्वसाधारणको लागि खुला गरिँदै छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अधिकारीको उपस्थितीमा उक्त बैठक सर्वसाधारणको निम्ति खुल्ला गरिन लागिएको छ।

आज दिउँसो ४ बजेदेखि सर्वसाधारणले पनि उक्त बैठक कक्षको अवलोकन गर्न पाउने छन्।

यसअघि उक्त बैठक कक्षमा तत्कालीन राजपरिवारका सदस्यलगायत समारोहमा आमन्त्रित विशिष्ट पाहुना मात्र प्रवेश गर्न पाउँथे।

उक्त कक्षको निर्माण राणा प्रधानमन्त्री चन्द्र समशेर जंगबहादुर राणाले सन् १९०८ मा निर्माण गरेका हुन्।

त्यतिबेला उक्त दरबारको गद्दी बैठक राजाको राज्याभिषेक र विदेशी मुलुकका राष्ट्र प्रमुखको स्वागतमा प्रयोग गरिन्थ्यो।

२०७२ वैशाखको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको गद्दी बैठकलाई अमेरिकाको एम्बासडर्स फण्ड फर कल्चरल प्रिजर्भेसन अन्तर्गत मिया मोटो भन्ने कम्पनी र संस्कृति सम्पदा कोषले ७ लाख डलर सहयोगमा पुनर्निर्माण गरेका थिए।


प्रतिक्रिया दिनुहोस्