विद्युतसँगै कृषि व्यवसायमा लगानी बढाउँदै अपि पावर, यस्ता छन् नयाँ योजना

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  २ : ५४


काठमाडौँ। अपि पावर कम्पनीले आफ्नो नयाँ योजनाहरु सार्वजनिक गरेको छ।

थापाथलीस्थित ट्रेड टावर भवनमा रहेको आफ्नो कार्यालयमा अन्तरक्रिया गर्दै अपीले आगामी योजनाको बारेमा जानकारी गराएको छ।

कम्पनीका संयोजक गुरु प्रसाद न्यौपानेका अनुसार अपीले आगामी महिनामा एक मेघावाट क्षमताको सिमसार सोलार आयोजना सम्पन्न गर्दै छ। त्यस्तै ८ मेघावाट क्षमताको परवानीपुर आयोजना निर्माणधीन रहेको छ।

विद्युत आयोजना र कृषि व्यवसायलाई सँगसँगै लैजाने कम्पनीको योजना रहेको उनले बताए। जसको लागी जलविद्युत र सोलार आयोजनाका लागि खरिद गरिएको जमिनमा कृषि कार्य भइरहेको छ।

कृषिमा बाख्रा पालन, तरकारी खेती, कफि उत्पादन, बेर्ना वितरण र फलफुल उत्पादन गर्ने योजना कम्पनीले लिएको छ।

कृषि व्यवसायको लागि कम्पनीले लाटिनाथ कृषि कम्पनी लिमिटेड नामक कम्पनी स्थापना गरेर सञ्चालनमा ल्याएको छ।

कृषि व्यवसायमा लाग्नुको कारण बताउँदै अपिका संयोजक न्यौपाने भन्छन्, ‘अपीले निर्माण गरेका योजनाहरु प्राय सरकारलाई हस्तान्तरण गर्नु पर्ने भएकाले दीर्घकालिन प्रकृतिको (हस्तानतरण भई नजाने) खालको आयोजनाहरु निर्माण गर्ने उद्देश्यसहित रणनीतिक रुपमा व्यवसायको विविधिकरण गरेका हौँ।’

के हो अपी पावर?

अपि पावर कम्पनी विद्युतिय क्षेत्रमा लगानी गर्ने पब्लिक कम्पनी हो। जसको स्थापना विसं २०६० सालमा प्राइभेट लिमिटेडमा भएको थियो। खोलेको १० वर्षको अवधिमा अपि पब्लिक कम्पनीको रुपमा २०७० सालमा परिवर्तन भएको हो।

जसले जलविद्युत र सौर्य उर्जामा लगानी गर्दै आएको छ। नयाँ योजनाको रुपमा कृषिमा समेत लगानी गर्ने कम्पनीले लक्ष स्वरुप अगाडी बढीरहेको छ।

कम्पनीको सस्थापक शेयरधनी १०६४ रहेका छन्। अपि कम्पनीको नियम अनुसार ६० प्रतिशत संस्थापक शेयर, १० प्रतिशत उद्योग प्रभावित क्षेत्रका बासिन्दा र ३० प्रतिशत सर्वसाधारण शेयरधनी रहेका छन।

कम्पनीको पहिलो योजनाको रुपमा दार्चुला भई बग्ने नौगड नदीमा १६० करोडको लगानीमा २०७२ साल देखि ८.५ मेघावाटको नौगडा गाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। जसबाट वार्षिक २४ करोड आय आर्जन गर्ने कम्पनीको भनाई छ।

कम्पनीको दोस्रो आयोजनाको रुपमा नौगाड नदीमा पहिलो आयोजना भन्दा ५.५ किलोमिटर माथि १७० करोडको लगानीमा २०७६ सालबाट ८ मेघावाटको अपर नौगाड जलविद्युत आयोजनामा विद्युत उत्पादन भैरहेको छ। जसबाट कम्पनीले वार्षिक २० करोड आय आर्जन गर्ने गरेको छ।

दार्चुलाकै चमेलिया नदीमा २०७७ सालबाट ४० मेघावाटको चमेलिया जलविद्युत आयोजना निर्माण गर्दै छ। उक्त आयोजना ०७९ मा सम्पन्न गर्ने कम्पनीको लक्ष छ।

सौय विद्युत आयोजना अन्तरगत नेपाल सरकारले अपि कम्पनीलाई दिएको अनुमति २८ मेघावाट क्षमताको हो। जसमा १० वटा परियोजना अपिसँग रहेको छ। त्यसमध्ये चपुर ४ मेघावाटको, ढल्केवर एक मेघावाटको, सिमरा एक मेघावाटको र ८ मेघावाटको योजना रहेको छ।

सोलार आयोजनाहरुबाट कम्पनीले बार्षिक १० करोड आय आर्जन गर्ने बताएको छ।


प्रतिक्रिया दिनुहोस्