६० सवारी साधन एकै ठाउँमा दुर्घटना हुँदा अमेरिकामा तीनको मृत्यु

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १ : ०५


वासिङ्टन। अमेरिकाको अन्तर राज्य राजमार्गमा धेरै सवारी एकै ठाउँमा दुर्घटनामा हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ।

देशको पेन्सिलभेनियामा सोमबार भएको दुर्घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्।

स्थानीय समय अनुसार बिहान १०.३० बजे दुर्घटना भएको हो।

दुर्घटनामा झण्डै कार, ट्रक, ट्याक्टर लगायतका ६० सवारी साधन परेका थिए। हिउँ आँधीका कारण दुर्घटना भएको अधिकारीहरूले जनाएका छन्।

दुर्घटनामा परी अरु २० जना घाइते भएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्