रुससँग शान्तिवार्ता गर्न युक्रेनी प्रतिनिधिमण्डल टर्की पुगे

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १० : ३९


काठमाडौं। रुससँगको शान्तिवार्ताका लागि युक्रेनको प्रतिनिधिमण्डल टर्की पुगेको छ।

बीबीसीका अनुसार टर्कीको इस्तानबुल शहरमा युक्रेनका प्रतिनिधिमण्डल अवतरण गरिसकेका छन्।

युक्रेनको नेतृत्व त्यहाँका रक्षामन्त्री आलेक्सी रेजनिकोभले गरेका छन्। यस्तै उनीसँग युक्रेनी राष्ट्रपति कार्यालयका प्रमुख मिखाइल पोडोलियाक पनि छन्।

युक्रेनको प्राथमिकतामा युद्धविराम भएको बताइएको छ। यद्यपी रुसले अगाडि सारेको मागका कारण कुनैपनि विषयमा सहमति हुनेमा भने सन्देश देखिन्छ।

टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनको पहलमा यो वार्ता हुन गइरहेको हो। रुसले युक्रेनलाई नेटोमा आवद्ध हुने मनसाय त्याग्न भनेको छ। यो विषयमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सकरात्मक छन्।

यो शान्तिवार्तामा रुसले गरेको मागको विषयमा छलफल हुनेछ। रुसले पूर्वी युक्रेनी क्षेत्र लुहान्स्क र डोनेट्स्कलाई स्वतन्त्र राज्य घोषणा गर्न माग गरेको छ। यो विषयमा भने युक्रेन सकरात्मक छैन। बीबीसी


प्रतिक्रिया दिनुहोस्