नयाँ दिल्ली । भारतभर प्याजको मुल्य आकासिएको छ । भारतमा प्याजको मुल्य बढ्दा छिमेकि देश बंगलादेश, नेपालमा पनि यसको मूल्य बढेको छ।
प्याजसँगै अब भारतमा खाद्य तेलको मुल्य बढ्न सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन्।
न्यूज एजेन्सी आईएएनएसका अनुसार मलेसिया र इन्डोनेशियाबाट आयात हुने पाम आयल अर्थात् ताडीको तेल महंगो भएपछि भारतमा सोयाबिन, सरसौं लगायतका तेल र तेहलनको मुल्यमा बृद्धि आउन आएको छ।
२ महिना यता कु्रड पाम तेलको भाउ २६ प्रतिशत बढेको छ । यो सँगै भारतीय बजारमा सरसौं र सायोबिनको मुल्य पनि बढ्न थालेको छ।
भारतमा सबैभन्दा बढि आयात हुने पाम तेलको मूल्य बढेसँगै उपभोक्तालाई अन्य तेलको मूल्य महंगो पर्ने छ।