काठमाडौं। रुसले युक्रेनमा आक्रमण थालेको एक महिनाभन्दा बढी भएको छ।
रुसी आक्रमणबाट युक्रेनलाई यस क्रममा ५ खर्ब ६४ अर्ब ९० करोड अमेरिकी डलरको क्षति भएको युक्रेनका अर्थमन्त्री युलिया सिभ्रिडिन्कोले जनाएका छन्।
उनले सामाजिक संजालमा दिएको जानकारी अनुसार हालसम्म ८ हजार किलोमिटर रोड ध्वस्त हुँदा एक करोड वर्ग मिटर आवसीय क्षेत्रका घर तथा भवनहरु बमबारीका कारण नष्ट भएका छन्। बीबीसी