ट्विटरको विरोध ट्विटमै गर्दै खर्बपति मस्कले भनेः नयाँ सामाजिक संजाल ल्याउँछु

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ५ : ५२


काठमाडौं। विश्वका सबैभन्दा धनी व्यक्ति तथा विद्युतीय कार निर्माता कम्पनी टेस्लाका मालिक इलोन मस्कले नयाँ सामाजिक संजाल स्थापना गर्ने बताएका छन्।

ट्विटरको विरोध गर्दै मस्कले ट्विटमै यसबारे जानकारी दिएका हुन्। उनी भन्छन्,‘नयाँ सोसल मिडिया सुरु गर्ने विषयमा गम्भीर रुपमा विचार गरिरहेको छु।’

मस्कले ट्विटरमा वाक स्वतन्त्रता नभएको आरोप लगाउँदै आएका छन्। हालै मात्र ट्रम्पले पनि नयाँ सामाजिक संजाल ल्याएका छन्।

सामाजिक संजालहरुको बहिष्कारमा परेका उनले ट्रुथ नाम सामाजिक संजाल ल्याएका छन्। सीएनबीसी


प्रतिक्रिया दिनुहोस्