यात्रु बाहक बसलाई ट्रकले ठक्कर दिँदा ९ जनाको मृत्यु, २० घाइते

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहिबार  ३ : ५६


सिन्ह्वा । भारतको मध्य प्रदेश राज्यमा बिहीबार एक यात्रु बाहक बसलाई ट्रकले ठक्कर दिएपछि भएको दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु हुनको साथै २० घाइते भएका प्रहरीले जनाएको छ । 

स्थानीय समयानुसार बिहीबार बिहान ६ः३० बजे मध्य प्रदेशको प्रान्तीय राजधानी भोपालबाट करिब ५ सय किलोमिटर उत्तरपूर्वीमा रहेको रेवा जिल्लामा उक्त दुर्घटना भएको  थियो ।  बाईपासमा  सडकमा भएको यस दुर्घटनामा नौ जना यात्रुको मृत्यु  हुनुको साथै अन्य २० जना घाइते भएका  एक  प्रहरी अधिकारीले पुष्टि गरेका छन् । घाइतेहरूलाई तत्काल नजिकैको अस्पतालमा लगिएको जनाइएको छ।

दुर्घटनाको कारण पत्ता लगाउन प्रहरी मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जनाइएको छ । यसैबीच मध्य प्रदेशका मुख्यमन्त्री कमलनाथले दुर्घटनामा  मृत्युमा भएकाहरु प्रति शोक व्यक्त गर्नु भएको छ। उहाँले घाइतेहरुलाई सहयोगको सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिनु भएको छ।

‘रेवामा भएको दुर्घटनाको दुखद समाचार आएको छ । यस भयानक दुर्घटनामा मरेका सबै यात्रुहरुका परिवारप्रति मेरो समवेदना छ,“ मुख्यमन्त्रीको कार्यालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ । यस दुर्घटनामा सबै घाइते यात्रुहरूको उचित उपचारको लागि निर्देशनहरू दिइएको छ ।’

क्षमता भन्दा बढी यात्रु सवार हुनु, सडकको खराब अवस्था र चालकका लाहपर्वाह कारण भारत घातक सडक दुर्घटनाहरू सामान्य रुपामा भएका पाइन्छ।  गत महिना भारत सरकारले जारी गरेको एक प्रतिवेदनका अनुसार सन् २०१८ मा भएका सडक दुर्घटनामा परी  १ लाख ५१ हजार ४७१ व्यक्तिको मृत्यु भएको थियो।

सन् २०१८ मा उच्च सङ्ख्यामा व्यक्तिहरु सकड दुर्घटानामा मारिनुको प्रमुख कारण सवारी साधन उच्च गतिमा चलाउनु नै रहेको विज्ञहरुको भनाई रहेको  छ। 


प्रतिक्रिया दिनुहोस्