क्यानबेरा । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सार्वजनिक सेवा सुधारका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो कदम चाल्नुभएको छ। क्यानबेरामा पत्रकारहरूसँग कुरा गर्दै उहाँले यसले देशको सार्वजनिक क्षेत्रमा धेरै सकारात्मक प्रभाव पार्ने दावी गर्नुभयो।
सार्वजनिक सेवालाई प्रभावकारी बनाउन अहिले रहेका १४ विभागलाई बढाएर १८ वटा बनाइएको छ। नयाँ थपिएका चार विभागले फेब्रुअरी १ देखि काम गर्ने निर्णय भइसकेको प्रधानमन्त्री मोरिसनले जानकारी दिनुभयो। थपिएका नयाँ विभागलाई ‘बृहत विभाग’को संज्ञा दिइएको समाचारमा जनाइएको छ।
उहाँका अनुसार शिक्षा, सीप र रोजगार विभाग, भौतिक, यातायात, क्षेत्रीय विकास र सञ्चार विभाग, उद्योग, विज्ञान, उर्जा तथा श्रोत विभाग र कृषि, जल र वातावरण विभाग अहिले थप गरिएको हो।
उहाँको यो कदमलाई सार्वजनिक सेवा सुधारका लागि सन् १९८७ देखिको सबैभन्दा ठूलो फड्को मानिएको छ।
उहाँले विभागहरु नयाँ स्थापना गरेपनि मन्त्रीहरु भने फेर बदल गर्ने संभावना कम रहेको श्रोतले जनाएको छ। यो परिवर्तनलाई सामान्य मानिएको छैन। यो अपेक्षा पनि गरिएको थिएन। यो परिवर्तनपछि सवैलाई सहज र सन्तोषजनक सार्वजनिक सेवा प्राप्त हुने विश्वास लिइएको छ।