रुस–युक्रेन युद्धको पाठः ताइवानमा चिनियाँ आक्रमण असम्भव!

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ३ : २७


काठमाडौं। रुसले युक्रेनमा आक्रमण थालेको एक महिनाभन्दा बढी भइसकेको छ। यद्यपी युक्रेन रुसी नियन्त्रणमा जान सकेको छैन।

बदलामा युक्रेनी सेनाले रुसविरुद्ध कडा प्रतिकार गरिरहेको छ। यस्तोमा रुसी सेनाहरु धेरै क्षेत्रमा निरिह बनेका छन्।

किभमा धेरै रुसी सेना मारिएपछि त्यहाँबाट रुसका सेनाहरु बेलारुस तिर भागेको आज मात्र युक्रेन सरकारले जानकारी दिएको छ।

जब रुसले युक्रेनमा आक्रमण थालिरहेको थियो तब चीनले पनि ताइवान कब्जा गर्नको लागि आक्रमण गर्नसक्ने अनुमान गरिएको थियो।

यस्तो अवस्थामा ताइवानले भने ताइवानमा चिनियाँ आक्रमण असम्भव देखिएको बताएको छ।

रुस–युक्रेन युद्धको अनुभवलाई मध्यनजर गर्दै ताइवानको राष्ट्रिय सुरक्षा ब्यूरोका प्रमुख चेन मिङ–तोङ भन्छन्,‘रुस–युक्रेन युद्धको अनुभवले यो पाठ सिकाउँछ कि ताइवानमा चिनियाँ आक्रमण असम्भव छ।’

‘थोरै सेना भएको युक्रेनले लामो समयसम्म रुसी सेनालाई विफल बनाइरहेको छ। यसले ताइवानमा चिनियाँ आक्रमण हुने सम्भावना लाई निकै कम गर्छ’ उनी भन्छन्।

यद्यपी उनले आफ्नो देश हरेक सयम चीनको आक्रमण सामना गर्न तयार भएर बस्नुपर्ने बताएका छन्।

रुसले युक्रेनमा आक्रमण गरिरहेको समयमा चीनले पनि ताइवानमा आक्रमण गर्नसक्छ भन्ने आशंका उत्पन्न भएपछि ताइवानका राष्ट्रिय सुरक्षा ब्यूरो प्रमुख चेनले सोमबार संसद सत्रमा यस्तो उत्तर दिएका हुन्।

रुसबाट छुट्टिएको युक्रेनजस्तै ताइवान पनि चीनबाट अलग्गिएको क्षेत्र हो।

वास्तवमा ताइवान चीनकै हिस्सा थियो। तर सन् १९४९ मा चिनियाँ गृहयुद्ध सकिएपछि नै चीन र ताइवानको अलग–अलग सरकार र न्याय प्रणाली छ।

तर पछिल्ला वर्षहरुमा चीनले ताइवानमा आक्रामक व्यवहार बढाएको छ। बेइजिङले कुनै न कुनै बेला यो टापुलाई आफ्नो क्षेत्रमा गाभिछाड्ने बताएको छ। पछिल्लो समय यस टापु फिर्ता लिन चीनले शक्ति प्रदर्शन गरिरहेको छ।

चिनियाँ युद्धक विमानहरु दोहोरिँदै यस टापुमा घुस्ने गरेको छ। तर ताइवानले आफू स्वतन्त्र मूलुक भएको अडान छाडेको छैन। त्यहाँ चीनको नीति लागू नहुने ताइवानको भनाइ छ।

चीनले भने ताइवानका अलगवावादीबाट खतरा भएकाले आफ्ना सेनालाई हरेक समय युद्धको लागि तयार हुने भनिसकेको छ।

ताइवानले चीनको आक्रामकताविरुद्ध लड्न अमेरिकाबाट हतियारहरु खरिद गर्ने गर्दछ। एससीएमपीको सहयोगमा

यो पनिः

युक्रेन संकटका बेला चिनियाँ भन्छन्ः ताइवान चीनमा विलय गराउने सही मौका यही हो

बलियो रुससँग कसरी टिक्न सक्यो कमजोर युक्रेन?


प्रतिक्रिया दिनुहोस्