आवश्यक परे एक्लाएक्लै चुनावमा जान्छौं: प्रचण्ड

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  २ : ५५


रोल्पा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्लै निर्वाचनमा जान पनि तयार रहेको बताएका छन्। रोल्पामा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘गठबन्धनको बलमा होइन,’ उनले भने, ‘आफ्नै पार्टीको तागतमा स्थानीय चुनावमा जाने र जित्ने हो।’ उनले गठबन्धन र तालमेल गर्नेबारे पनि ध्यान दिने बताए।

सत्ताधारी गठबन्धनको मुख्य घटक नेपाली काँग्रेसभित्र एक्लाएक्लै चुनावमा जानुपर्ने आवाज उठिरहेका बेला माअ‍ोवादी अध्यक्ष दाहालको यस्तो भनाई आएको हो।

यस्तै अध्यक्ष दाहालले रोल्पा ध्वंशमात्र होइनन निर्माण गर्न सक्ने पनि बताए।

रोल्ल्पाको रोल्ल्पा नगरपालिकामा बनेको भ्यूटावरको सोमबार उद्घाटन गर्दै प्रचण्डले माओवादी युद्धको ऐतिहासिक रोल्पा विकास निर्माणमा अघि बढेको बताएका हुन।

‘माओवादी युद्धको ऐतिहासिक रोल्पा अशान्तिमात्र होइन, ध्वंश मात्र पनि होइन, निर्माण पनि गर्न सक्छ। यो भ्यूटावरसहितले देखाएको छ,’ प्रचण्डले भने, ‘सहिदलाई स्मरण गरेर काम गर्नुहोस्। रोल्पा माओवादी युद्ध संग्राहलय बन्न सक्छ।’

रोल्पाको विकास र समृद्धिका लागि आफूले सकेको सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता छ।


प्रतिक्रिया दिनुहोस्