राजसंस्था फर्कदैंन, अब हिन्दू राष्ट्रको एजेण्डा लिएर जनतामाझ जान्छौंः कमल थापा

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  २ : ४०


काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरु अब हिन्दूराष्ट्रको एजेण्डा लिएर जनतामाझ जाने बताएका छन्।

वीरगन्जमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले अब नेपालमा राजसंस्था पुनःस्थापनको सम्भावना नरहेको बताए।

त्यही भएर पार्टीले हिन्दू राष्ट्रको एजेण्डा लिएर जनतामा माझ जाने उनले प्रस्ट्याए।

नेपालका ९४ प्रतिशत जनता हिन्दू रहेको र हिन्दू राष्ट्रकै एजेण्डाले राप्रपा नेपाललाई मुलुकको शक्तिशाली राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने जिकिर उनले गरे।

भारतमा भारतीय जनता पार्टीले हिन्दू धर्मकै एजेण्डा बोकेका कारण अहिले सबैभन्दा ठूलो शक्ति बनेर शासन सत्ता चलाइरहेको उदाहरण दिँदै उनले भने, ‘नेपालमा पनि अब राप्रपा नेपालले हिन्दू राष्ट्रको एजेण्डा लिएर शक्तिशाली शक्ति बन्ने छ।’

राजसंस्थाप्रति आफूहरुको सम्मान रहे पनि पार्टीले सो एजेण्डा नबोक्ने अध्यक्ष थापाको भनाई छ।


प्रतिक्रिया दिनुहोस्