अमेरिकी विदेशमन्त्रीसँग इजरायली प्रधानमन्त्री मास्क नलगाई बोलेपछि…

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  २ : २३


जेरुसेलम । इजरायली प्रधानमन्त्री नाफताली बेन्नेटलाई कोभिड पोजेटिभ भएको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनलाई भेट गरेपछि प्रधानमन्त्री बेन्नेटलाई कोभिड पोेजेटिभ देखिएको प्राप्त विवरणहरूमा जनाइएको छ।

प्रधानमन्त्री बेन्नेटले विदेशमन्त्री ब्लिनकेनलाई आइतबार जेरुसेलममा भेट गरेका थिए। इजरायल र अरबका कूटनीतिज्ञहरुको एतिहासिक सम्मेलनको एउटा साइडलाइन वार्तामा दुई नेताबीच भेटवार्ता भएको थियो। वार्तामा दुबै नेता मास्क नलगाइ छलफलमा बसेका थिए।

बेन्नटले राम्रो महसुस गरिरहेको र आफ्नो घरबाट योजनाअनुसार काम गरिरहेको उनको कार्यालयले जारी विज्ञप्तिमा भनिएको छ।

यसैबीच, विदेशमन्त्री ब्लिनकेनले पनि कोभिड परीक्षण गर्ने भएका छन्। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले सो जानाकारी दिएका हुन्। एजेन्सी


प्रतिक्रिया दिनुहोस्