ईटहरीमा रियलमीको सर्भिस सेन्टर

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  १ : ४६


इटहरी । रियलमीले ईटहरीमा नयाँ प्रिमियम आधिकारिक सेवा केन्द्र खोलेको छ । रियलमी नेपालका कन्ट्री हेड मनिष गिरीले ईटहरी सुर्या कम्प्लेक्समा रहेको उक्त सेन्टरको उद्घाटन गरेका हुन् ।

उक्त सर्भिस सेन्टरबाट सफ्टवेयर सम्बन्धि, पार्टपूर्जा बदल्ने, फ्लागसिप फोन मर्मत, वारेन्टी मान्य, गैर मान्य स्मार्टफोनहरुको मर्मत र अन्य धेरै सुविधा लिन सकिने कम्पनीले जानकरी दिएको छ ।

रियलमी सन् २०१८ मे ४ मा आधिकारिक रुपमा यसको स्थापना भएको थियो । काउन्टर पोइन्ट रिसर्चका अनुसार, २०२१ को दोस्रो क्वाटरमा रियलमी समग्र स्मार्टफोन विश्वको ६ नम्बर ब्रान्ड बनेको छ ।

भारतीय बजारमा ५जी ल्याउने रियलमी पहिलो स्मार्टफोन रहेको कम्पनीले जानकरी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्