काठमाडौं। विश्वकै सर्बोत्कृष्ट चलचित्र अवार्ड ओस्कारमा लफडा भएको छ।
ओस्कार २०२२ मा चर्चित अभिनेताको उपाधि पाएका विल स्मिथले कार्यक्रम प्रस्तोता क्रिस रकलाई मुक्का झापड हानेका हुन्।
कार्यक्रम प्रस्तोता क्रिस रकले विल स्मिथकी श्रीमतीको कपालबारे टिप्पणी गरेका थिए जसकारण विल स्मिथ रुष्ट बनेका हुन्।
श्रीमतीको मजाक उडाएपछि रिसाएका विलले कार्यक्रम भइरहेकै बेला स्टेजमा गएर क्रिसलाई झापड हानेको भिडिओ सार्वजनिक भएको छ।
त्यसपछि विलले भनेका छन्, ‘मेरी श्रीमतीको नाम तिम्रो मुखबाट आइन्दा ननिकाल।’ क्रिसले जवाफमा भनेका थिए, ‘यस्तो गर्नेछैन।’
(भिडिओ)