‘युद्ध हार्न थालेपछि युक्रेनी राजधानी किभबाट पछाडि भाग्यो रुसी सेना’

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ११ : ००


काठमाडौं। रुसले युक्रेनमा आक्रमण थालेको एक महिनाभन्दा बढी भइसकेको छ। धेरै क्षेत्रमा युक्रेनी सेना रुसी सेनासँग पराजित पनि भएको छ।

यद्यपी युक्रेनले हार मानेको छैन। अन्तर्राष्ट्रिय समुदायबाट सहयोग प्राप्त गरिरहेको युक्रेनले रुसको प्रतिकार गरिरहेको छ।

यसै क्रममा राजधानी किभमा आक्रमण गर्न पुगेका रुसी सेनाहरु पराजित भएको युक्रेनी सेनाले दाबी गरेको छ।

रुसी सेनाहरु किभका धेरै ठाउँमा पराजित भएपछि किभबाट पछाडि भाग्न थालेको युक्रेनको सेनाका प्रमुखले जनाएका छन्।

किभबाट बेलारुस तिर रुसी सेना भागेको जनाइएको छ। बीबीसी

यो पनिः बलियो रुससँग कसरी टिक्न सक्यो कमजोर युक्रेन?

Ruined Hotel Ukraine in Chernihiv


प्रतिक्रिया दिनुहोस्