तेह्रौँ साग : फुटबलमा भुटानद्वारा माल्दिभ्स पराजित

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहिबार  २ : ००


काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष फुटबलमा भुटानले माल्दिभ्सलाई पराजित गरेको छ । भुटानले माल्दिभ्सलाई २–१ गोलले हराएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा भुटानका लागि छिमी दोर्जे र फुर्ब थिन्लेले गोल गरेका थिए ।

दोर्जेले खेलको ५५औँ मिनेटमा तथा थिन्लेले ८४औँ मिनेटमा गोल गरेका हुन् ।

खेलको अन्तिम मिनेटमा माल्दिभ्सका लागि हाम्जा मोहम्मदले सान्त्वना गोल गरेका थिए । मध्यान्तरअघि दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

जितसँगै भुटानले तीन खेलमा छ अङ्क जोडेको छ । अहिले दशरथ रङ्गशालामा बङ्गलादेश र श्रीलङ्काबीच आजको दोस्रो खेल भइरहेको छ । 


प्रतिक्रिया दिनुहोस्