काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत साइक्लिङमा नेपालका बुद्धिबहादुर तामाङले स्वर्ण पदक जित्नुभएको छ ।
काठमाडौँको गोकर्णमा आज भएको खेलमा तामाङले क्रस कन्ट्रीको चार किलोमिटरमा स्वर्ण पदक जित्नुभएको हो ।
उहाँले एक मिनेट १९ दशमलव ०८ सेकेण्डमा निर्धारित दूरी पूरा गर्नुभयो ।
सोही स्पर्धामा नेपालका राजीव राईले रजत पदक जित्दा कास्य पदक पनि नेपालकै ओकेशराज बज्रचार्यले जित्नुभयो ।
जारी सागमा नेपालका लागि यो ३२ औँ स्वर्ण पदक हो । सागमा नेपालले अहिलेसम्मको सर्वाधिक स्वर्ण पदक जितेको छ ।
यसअघि सन् १९९९ को सागमा नेपालले ३१ स्वर्ण पदक जितेको थियो ।