ललितपुर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष तेक्वान्दोमा नेपालका भूपेन श्रेष्ठले स्वर्ण पदक प्राप्त गर्नुभएको छ।
उहाँले फाइटतर्फ ८७ किलोमुनिको तौल समूहमा आज स्वर्ण पदक जित्नुभएको हो ।
ललितपुरको सातदोबाटोमा भएको स्पर्धामा भूपेनले भारतका अक्षय होडालाई २९–२६ अङ्कले पराजित गर्नुभएको हो ।
उक्त स्पर्धामा बङ्गलादेशका रसेल खान र श्रीलङ्काका चर्मा थरिन्दुले कास्य पदक प्राप्त गर्नुभयो ।
तेह्रौँ सागमा नेपालले हालसम्म तेक्वान्दोतर्फ १२ स्वर्ण पदक ल्याइसकेको छ ।