काठमाडौँ । आजको जमानामा दैनिकी तथा विशेष कामको लागि मोबाइल फोन अत्यावश्यक बनेको छ । मोबाइल फोन पहिलो पटक करिब ४५ वर्ष पहिला ३ अप्रिल १९७३मा प्रयोगमा आएको थियो । यसको पहिलो प्रयोग मोटोरोलाको पूर्व उपाध्यक्ष र डिभिजन म्यानेजर मार्टिन कूपरले गरेका थिए ।
त्यस समय कूपरले न्यूयोर्कको हिल्टन होटलमा संसारको पहले मोबाइल फोनबाट कल गरेर सबैलाई अच्चमित पारेका थिए । यस फोनको नाम मोटोरोला 'डायना टिएसी' थियो । कूपरले डायना टिएसीको प्रयोग गर्दै बेल ल्याब्सको हेड अफ रिसर्चलाई कल गरेका थिए र त्यही बेला देखि कम्युनिकेशन क्रान्ति शुरूवात भएको हो ।
मोटोरोला डायना टिएसीको लम्बाई १० इन्च र तौल एक किलो थियो। फोनको ब्याट्री २० मिनेट सम्म चलेको थियो। पूर्व नौसेनिक र इन्जीनियर कूपरले १९५२ मा मोटोरोला कम्पनीमा आबद्ध भएका थिए । अहिले मोबाइल प्रविधिले धेरै फड्को मारेको छ, मोबाइल फोन मिनी कम्प्यूटरको रुपमा प्रयोग हुन थालेको छ ।