शाओमी १२ प्रोको प्रि-बुकिङ खुल्ला, कति पर्छ मूल्य?

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ५ : १६


काठमाडौँ । स्मार्टफोन कम्पनी शाओमीले आफ्नो फ्ल्यागशिप सिरिज शाओमी १२ सिरिज मध्य शाओमी १२ प्रो को प्रि-बुकिङ खुल्ला गरेको छ।

चैत्र ११ बाट चैत्र १५ सम्म बुकिङ खुल्ला हुने कम्पनीले जनाएको छ। प्रि–अर्डरमा यो फोन विशेष अफर सहित उपलब्ध छ।

उपभोक्ताहरुले यो फोन किन्दा ५ हजार रुपैयाँ क्यासब्याक तुरुन्तै पाउनुको साथै मी नेकब्यन्दा ब्लुटुथ इयरफोन प्रो अथवा मी पोर्टेबल ब्लुटुथ स्पिकर सित्तैमा पाउन सक्नेछन्।

शाओमी १२ प्रो बैजनी र नीलो रङमा १२ जिबि प्लस २५६ जिबिमा एक लाख १४ हजार ९ सय ९९ पर्ने कम्पनीले जानकरी दिएको छ।

यो फोनमा २०२२ को फ्ल्यागशिप डिभाइसमा हुनुपर्ने सबै नवीनतम र उत्कृष्ट विशेषताहरू छन्।

यसमा केही त्यस्ता विशेषताहरु छन् जसले यसलाई असली फ्ल्यागशिप फोन बनाएको छ । त्यस्तै विशेषता मध्ये एउटा, यसको सबैभन्दा छिटो चार्ज हुने हो।

नेपालमा शाओमी १२ प्रो मात्र त्यस्तो फोन हो जसमा १२० वाटको फास्ट चार्जिङ छ जसले तपाईंको फोन १८ मिनेटमै फुल चार्ज गर्छ। शाओमी १२ प्रोमा एचडीआर१० प्लस र डल्बी भिजनवाला ६।७३ इन्चको एमोलेड एलटीपीओ डिस्प्ले छ।

यो १२ जीबीप्लस २५६जीबीको स्टोरेजमा उपलब्ध छ। ८जेन१ स्न्यापड्रयागन प्रोसेसर भएको यो फोनमा ५० एमपीको मेन क्यामेरा र ५० एमपी टेलिफोटो प्लस ५० एमपी वाइड एंगलको सेकेन्डरी क्यामेरासहित ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ।
यो स्मार्टफोनको अर्को गज्जबको विशेषता भनेको यसको साइबर फोकस ट्र्याकिङ प्रणाली हो जसले तपाईंलाई मुभिङ अब्जेक्ट्स (जस्तै गुडिरहेको गाडी) आदिको फोटो खिच्न सजिलो हुन्छ।

उक्त फोन मार्च ३० देखि बिक्री शुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्