‘नेपाल रेसर कप २०२२’ सम्पन्न, को भए विजेता?

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ४ : ५२


काठमाडौँ । ‘नेपाल रेसर कप २०२२’ प्रतियोगिता सम्पन्न भएको छ।

मोटर स्पोर्ट्स नेपालले अयोजना गरेको रेसिङ प्रतियोगिता धुलिखेलको हिमालयन मोटरल्यान्डमा शनिबार सम्पन्न भएको हो।

प्रतियोगितामा १५० सीसीतर्फ सन्दीप घिमिरे विजेता बनेका छन्। त्यस्तै क्रमशः दोस्रो र तेस्रो सुजन थापा मगर र महेश राना मगर भएका छन्।

त्यसैगरी २०० सीसीतर्फ क्रमशः विजेता, दोस्रो र तेस्रो राजकुमार कार्की, विवेश श्रेष्ठ र भिम होना भएका छन्।

१५० सीसीमा ४८ जना र २०० सीसीमा २४ जना प्रतियोगीले भाग लिएका थिए।

उक्त प्रतियोगितामा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को सहयोग रहेको थियो।


प्रतिक्रिया दिनुहोस्