काठमाडौं । एयरपोर्ट, स्टेशन, होटल, पब्लिक शौचालय, शपिङ सेन्टर र अन्यठाउँहरुमा मोबाइल चार्जिंगको सुविधाको लागि यूएसबी पोर्ट उपलब्ध हुन्छ । सार्वजनिक ठाउँमा सजिलै उपलब्ध हुने यूएसबी पोर्टबाट साइबर अपराधीहरु सबै संवेदनशील डाटा चोर्न सक्छन्।
यसबाट बच्नको लागि बाजारमा यूएसबी डाटा ब्लकर्स उपलब्ध छ, जसलाई "यूएसबी कन्डम" भनिन्छ। यो "कन्डम" मा वास्तविक कन्डम जस्तै लेटेक्स हुदैन तर यसले समान रुपमा सुरक्षा प्रदान गर्छ र जुस ज्यकिङबाट बचाउँछ । 'जूस ज्याकिङ' एक प्रकारको साइबर अट्याक हो, जसमा सार्वजनिक यूएसबी पोर्टको माध्यमबाट मानिसको मोबाइललाई संक्रमित गरिन्छ र ह्याकर्सको सहयोगले मोबाइलमा मालवेयर इन्स्टल गरिदिन्छन्। यो मालवेयर मोबाइलमा भएको निजि जानकारी साइबर अपराधी समक्ष पुर्याउन सक्षम हुन्छ। यस बारेमा नोभेम्बरको पहिलो हप्तामा एन्जल्स काउन्टी अभियोजकको कार्यालय सहायक ल्यूक सिसकले चेतावनी दिएका थिए।
ल्यूकको अनुसार यस्तो साइबर हमलाको परिणाम "विनाशकारी" हुन्छ। उनि भन्छन्, "एक फ्री ब्याट्री चार्जिंग बैंकको खाता खाली गर्न सक्छ यदी साइबर क्रिमिनल मालवेयर इन्स्टल गर्न सफल भए भने र पासपोर्ट तथा घरक ठेगाना जस्तो संवेदनशील जानकारी पत्ता लगाउन सक्छन्। 'यूएसबी कन्डम' छोटो यूएसबी एडप्टर जस्तै हुन्छ जसमा इनपुट र आउटपुट पोर्ट हुन्छ । यो एडप्टर मोबाइललाई पावर सप्लाई त गर्छ तर डाटा एक्सचेन्जलाई पुरै ब्लक गर्छ । 'यूएसबी कन्डम' अमेरिकी बजारमा १० डलरमा उपलब्ध छ र यो सानो भएको कारण जहाँपनि लैजान मिल्छ ।
आईबीएमको साइबर सिक्योरिटी रिपोर्टको अनुसार "मालवेयर कम्प्यूटिङ पावरलाई हाईजज्याक गर्न सक्छ र मोबाइल स्लो स्पिडमा काम गर्न थाल्छ।" साइबर विशेषज्ञ पनि मानिसहरुलाई 'यूएसबी कन्डोम' को प्रयोग गर्न सल्लाह दिन्छन् ।