किभ । तालिबान प्रशासनले छात्राहरूका लागि माध्यामिक विद्यालय बन्द गरेपछि दुई दर्जनभन्दा बढी किशोरी र महिलाले शिक्षा मन्त्रालयअगाडि प्रदर्शन गरेका छन्।
सरकारले छात्रालाई पनि छात्रसरह पढ्न अनुमति दिने निणर्य फिर्ता गरेपछि क्रुद्ध बनेका किशोरी र महिलाले शिक्षा मन्त्रालयअगाडि प्रदर्शन गरेका हुन्।
आफूहरुले पढ्न पाउने खबरले खुसी बनेका हजारौँ केटीहरू बुधवार शैक्षिक संस्था पुगेका थिए। शिक्षा मन्त्रालयले सबै उमेरका केटीहरुलाई विद्यालय जान पाउने मिति तोकेपछि उनीहरु विद्यालय गएका थिए। तर, उनीहरु विद्यालय पुगेको केही घन्टापछि सरकारले आफ्नो निर्णय फिर्ता लिएको जनाएको थियो।
तालिबान पुनः सत्तामा आएपछि महिलाका हक अधिकार कटौती हुन सक्ने विषयलाई लिएर अन्तर्राष्ट्रिय समुदाय चिन्तित छ। तालिबान १५ अगस्टदेखि अफगानिस्तानको सत्तामा छ। एजेन्सी