शिक्षकहरु विद्यार्थी बनेपछि धनुषामा विद्यालय ६ दिन बन्द हुने

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  २ : २३


काठमाडौंं । शिक्षकहरु परीक्षामा सहभागि हुने भएपछि धनुषाका विद्यालयहरु बन्द हुने भएका छन्।

खुल्ला तथा बढुवासम्बन्धी प्रयोगात्मक परीक्षामा शिक्षक सहभागी हुने भएकाले धनुषाका विद्यालयहरु ६ दिनका लागि बन्द हुने शिक्षा विकास तथा समन्वय इकाई, धनुषाले जनाएको छ।

शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख युक्तप्रसाद शर्माले जिल्लाका १८ वटै पालिकालाई पत्राचार गरी वर्षे बिदाबाट कट्टा हुनेगरी चैत १३ देखि १८ गतेसम्म ६ दिन विद्यालयहरु बन्द गरिदिन अनुरोध गरेका छन्।


प्रतिक्रिया दिनुहोस्