काठमाडौँ । ट्राफिक प्रहरीले कलंकी–कोटेश्वर–जगातीसम्मको मुख्य लेनमा शुक्रबार र शनिबार चार घन्टा सवारीसाधन सञ्चालनमा रोक लगाउने भएको छ । १३औं दक्षिण एसियाली खेलकुदमा दुई दिन उक्त सडक खण्डमा साइक्लिङ हुने भएकोले सवारी चलाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाकाले जनाएको छ ।
महाशाखाकाका अनुसार बिहान ११ देखि ४ बजेसम्म उक्त सडकखण्डको मुख्य लेनमा सवारी चलाउन पाइनेछैन भने मुख्य लेनको दायााबायााको सर्भिस लेनमा भने सवारी चलाउन सकिनेछ । कोटेश्वरबाट जगातीतर्फ जाने सम्पूर्ण सवारीसाधन जडीबुटी चोकबाट पेप्सीकोला हुदै पुरानो ठिमी, ब्यासी, कमलविनायक, च्याम्हासिंह हुादै जानुपर्ने ट्राफिक प्रहरीले सूचित गरेको छ ।