काठमाडौं । काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले थप अर्को स्वर्ण हात पारेको छ।
बिहिबार नेपालका लागि साइक्लिङमा लक्ष्मी मगरले स्वर्ण थपेकी हुन् ।
साइक्लिङमै उषा खनालले रजत जितिन् । सागको पाँचौं दिनमा थपिएको दुई स्वर्ण सँगै नेपालले ३१ स्वर्ण बनाएको छ।
यो सँगै नेपाल, सवै भन्दा बढी स्वर्ण जितेको आठौं सागको नजिक पुगेको छ ।