काठमाडौं । शिक्षा मन्त्रालय र मेडिकल कलेज सञ्चालकबीच भएको सहमति अमान्य रहेको भन्दै एसबिबिसएस विद्यार्थीले बोर्ड परीक्षा बहिष्कार गरेका छन् ।
युनिभर्सल मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज, जानकी मेडिकल कलेज र गण्डकी मेडिकल कलेजका विद्यार्थीले एमबिबिएस पहिलो वर्षको बोर्ड परीक्षा बहिस्कार गरेका हुन् ।
कलेज प्रशासनको दबाबपछि केहि विद्यार्थी परीक्षा दिन हलभित्र गएपनि १ घण्टा नबित्दै निस्केका छन् ।
गण्डकी मेडिकल कलेजमा बहिष्कार गर्ने केहि विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मेडिकल शिक्षा पढ्न सरकारले तोकेको भन्दा कलेज सञ्चालकले बढि असुलेपछि विद्यार्थीहरु चिकित्सा शिक्षा संर्घष समितिको नेतृत्वमा आन्दोलनरत छन् ।