जनपत्रकार संगठनद्वारा सेती-महाकालीमा जनपक्षीय आधारभूत पत्रकारिता तालिम

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहिबार  ६ : १४


काठमाडौँ । जनपत्रकार संगठन नेपाल सेती महाकाली क्षेत्रीय समन्वय समितिको आयोजनामा बुधबारदेखि ५ दिने जनपक्षीय आधारभूत पत्रकारिता तालिम सुरु गरिएको छ। 

तालिमको उदघाटन् गर्दै नेपाल कम्युनिस्ट पार्टीका  केन्द्रीय सदस्य एवम् सेती महाकाली ब्युरो ईन्चार्ज ओमप्रकाश पुनले जनताका पक्षमा निर्भरतापुर्वक कलम चलाउन जनपत्रकार हरुलाई आग्रह गर्नुभएको छ। नेता पुनले उत्पीडित जनताका पक्षमा कलम चलाउनु जनपत्रकारको दायित्व भएको भन्दै तालिममा सहभागी प्रशिक्षार्थीलाई सक्रियता पुर्वक सहभागी हुन आग्रह गर्नुभएको हाे। 

तालिम उदघाटन् सत्रमा बोल्दै नेता पुनले देशभर पछिल्लो समय नागरिकका अभिव्यक्ति स्वतन्त्रता खोसिएको बेला पत्रकार संगठनले देशभर चलाएको अभियानले सार्थकता पाएको बताउनुभयो। नेपाली पत्रकारले राष्ट्रियता, जनताका जनजिवीका र जनअधिकार बारे गम्भीर बनेर कलम चलाउनु पर्ने कुरामा उहाँले जोड दिनुभयो। 

तालिमको उदघाट्न कार्यक्रममा सम्बोधन गर्दै जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले सुदूरपश्चिममा सशक्त र निडर जनपक्षीय पत्रकार उत्पादन गर्ने हिसाबले तालिम महत्त्वपूर्ण हुने बताउनुभयो। तालिम उदघाटन् कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका पुर्व केन्द्रीय सदस्य देवीदत्त पाण्डे, जनपत्रकार संगठन नेपालका महासचिव हिम बिष्ट,कोषाध्यक्ष जानकि चौधरी,नेकपाका सेती महाकाली ब्युरो कार्यलय सचिव विवेक कुमाल,नेकपाका नेताहरू केदार ,सहदेव,पुर्व विधायक पुरन राना लगायतको उपस्थिति रहेको थियो। तालिममा सेती महाकाली ब्युरो अन्तरर्गत ११ जिल्लाका प्रशिक्षार्थीको सहभागीता रहेको छ।

कार्यक्रम संगठनका क्षेत्रीय समन्वय समितिका सदस्य राजेन्द्र केसीको अध्यक्षता र भावेस उपाध्ययको सञ्चालनमा सम्पन्न भएको थियो। संगठनले यस अगाडि देशका विभिन्न जिल्लामा अन्तरक्रिया,तालिम एवम् गोष्ठी सञ्चालन गरिरहेको छ। 


प्रतिक्रिया दिनुहोस्