एजेन्सी । विश्वको पहिलो जमिनमा चल्ने र हावामा उड्ने कार अमेरिकाको मायामीमा देखाइएको छ । यो कारको हावामा अधिकतम कुदाई 321KM/H र जमिनमा 321KM/Hछ ।
पायनियर पर्सनल एयर ल्यान्डिङ (पल वी) नामको यो कारको मूल्य करिब ६ लाख अमेरिकी डलर राखिएको छ । हाल प्रोडक्सनको काम भइरहेको यो कारको डेलिभरी २०२१ देखि सुरु हुने छ ।
नेदरल्याण्डस्को कम्पनीको यो कारको बुकिङ (pal-v.com)साइटमा भइरहेको डेलिमेलले जनाएको छ ।
अहिले विश्वका धेरै कम्पनीले उड्ने कार मर्मतबारे योजना बनाइरहेका छन । तर, पल वी नै पहिलो फलाइङ कार बन्ने छ । यो कार साढे ११ हजार फिटको उचाइमा उड्न सक्ने कम्पनीको दाबी छ।
यो कारमा २ मानिस बस्न मिल्छ । कारमा पेट्रोलबाट चल्ने ४ सिलिन्डर इन्जन लगाइएको छ । आठ सेकेन्डमा कार ० देखि ९६ किमी प्रतिघण्टाको रफ्तारमा कुद्न सक्छ ।
कम्पनीका अनुसार फ्लाईङ कारको उडानका लागि ५४० फिट लामो रनवे को जरुरत पर्छ । १ सय मिटर लामो रनवेमा कार ल्यान्ड गर्न सक्छ ।