ह्वात्तै बढ्यो सुनको मुल्य

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ९ : ४२


काठमाडौं । पछिल्लो दुई दिन स्थिर रहेको सुनको मूल्य तोलाको ८ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधवारका लागि छापावाला सुनको मूल्य प्रतितोला ७२ हजार २०० निर्धारण गरेको छ ।

आइतबार प्रतितोला ७१ हजार ६०० मा खरिदबिक्री भएको सुन सोमबार र मङ्गलबार ७१ हजार ४०० मा कारोवार भएको थियो । महासङ्घले तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार ९०० निर्धारण गरेको छ ।

आइतबार ७१ हजार ३०० मा खरिदबिक्री भएको तेजाबी सुन सोमबार र मङ्गलबार प्रतितोला ७१ हजार १०० मा खरिदबिक्री भएको थियो । स्थानीय बजारमा सुनसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । सोमबार र मङ्गलबार प्रतितोला ८५० मा खरिदबिक्री भइरहेको चाँदीको मूल्य बुधबार प्रतितोला ८६५ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्