सागमा नेपाललाई २७ स्वर्ण, कुन देशले कति पाए (सूचीसहित)

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ८ : ०१


काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले २७ जितेकोे छ । बुधबार करताँते तर्फ अनुपमा मगरले स्वर्ण जिते पछि नेपालको स्वर्ण पदक २७ पुगेको हो ।

कराँतेको ६८ केजी तौल समूह कुमुते विधामा भएको फाइनल प्रतिस्पर्धामा अनुपमाले पाकिस्तानकी नर्गिसलाई ६–३ को स्कोरमा पराजित गर्दै स्वर्ण हात पारिन् । 

 कराँतेमा मात्रै नेपालको स्वर्ण पदक संख्या १० पुगेको छ । अनुपमा माओवादीकि पूर्व लडाकू समेत हुन् । 

बि.सं २०६२ सालमा अनुपमा माओवादीको पूर्णकालीन कार्यकर्ता भएकी थिइन् । कराँतेमा मात्रै नेपालको स्वर्ण पदक संख्या १० पुगेको छ। 

कुन देशलाई कति पदक ?

देश   स्वर्ण पदक रजत पदक  कास्य पदक  जम्मा
नेपाल २७ १२ १७ ५६
भारत ११ १२ २९
पाकिस्तान १० २३
श्रीलंका १४ २५ ४४
बंगलादेश २१ २८
माल्दिभ्स
भुटान

 


प्रतिक्रिया दिनुहोस्