बडिगाड दुर्घटनाले मुख्यमन्त्री स्तब्ध

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ७ : ४२


काठमाडाैं ।  प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बाग्लुङको बडिगाड गाउँपालिका–७ भिमगिठेमा भएको दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । आज शोक विज्ञप्ति जारी गर्दै उहाँले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको हो ।

गुल्मीको इस्माबाट बाग्लुङको निसीतर्फ जाँदै गरेको लु १ ज ५२१९ नम्बरको जीप मङ्गलबार बागलुङको बडिगाड गाउँपालिका–७ भिमगिठेमा दुर्घटना हँुदा १४ यात्रुको निधन भएको, एक बेपत्ता र तीन गम्भीर घाइते भएको खबरले स्तब्ध बनाएको जनाउँदै मुख्यमन्त्री पोखरेलले बेपत्ताको खोजी कार्यमा प्रहरीलाई सघाउन बडिगाड तटिय क्षेत्रका बासिन्दालाई हार्दिक अपिल गर्नुभएको छ ।

“दिनप्रतिदिन बढिरहेका सडक दुर्घटनाले नागरिकको ज्यान जोखिममा पर्दै गएको छ, बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्न सरकार संवेदनशील छ”, विज्ञप्तिमा भनिएको छ, “सडकको क्षमताभन्दा धेरै यातायातका साधनको आवागमन, चालकको लापरवाही, सवारीसाधनको अवस्थालगायत विविध कारणले दुर्घटना भइरहेकाले दुर्घटना न्यूनीकरणका लागि सबै पक्ष संवेदनशील हुन आवश्यक छ ।”

मुख्यमन्त्री पोखरेलले दुर्घटनाको कारण पत्ता लगाएर आगामी दिनमा त्यस्ता कमजोरी हुन नदिन सबै पक्षको सहयोग आवश्यक रहेको जनाउनुभयो । उहाँले प्रदेश सरकारले दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा कार्यक्रम अघि बढाएको जनाउँदै यो अभियानलाई सफल बनाउन स्थानीय तह, प्रहरी, यातायात व्यवसायी, मजदूरलगायत सबै सरोकारवाला निकायको एकताबद्ध र सार्थक पहलकदमी आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

शोक विज्ञप्ति

गुल्मीको इस्माबाट बाग्लुङको निसीतर्फ जाँदै गरेको लु १ ज ५२१९ नम्बरको जीप यही मंसिर १७ गते बाग्लुङको बडिगाड गाउँपालिका–७ भिमगिठेमा दुर्घटना हँुदा १४ यात्रुको निधन भएको, एक बेपत्ता र तीन जना गंभीर घाईते भएको खबरले स्तब्ध बनाएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । सार्थै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । घाईतेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । घाईतेहरुको त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको छ, बेपत्ताको खोजी कार्य भइरहेको छ ।

बेपत्ताको खोजी कार्यमा प्रहरीलाई सघाउन बडिगाड तटिय क्षेत्रका बासिन्दालाई हार्दिक अपील गर्दछु । दिनप्रतिदिन बढिरहेको सडक दुर्घटनाले नागरिकको ज्यान जोखिममा पर्दै गएको छ । बढ्दो सडक दुर्घटनालाई न्युनिकरण गर्न सरकार संवेदनशील छ । सडकको क्षमताभन्दा धेरै यातायातका साधनको आवागमन, चालकको लापरवाही, सवारी साधनको अवस्था लगायत विविध कारणले दुर्घटना भइरहेकाले दुर्घटना न्युनिकरणका लागि सबै पक्ष संवेदनशील हुन आवश्यक छ । दुर्घटनाको कारण पत्ता लगाएर आगामी दिनमा त्यस्ता कमजोरी हुन नदिन सबै पक्षको  सहयोग आवश्यक छ ।

प्रदेश सरकारले दुर्घटना न्युनिकरणका लागि सडक सुरक्षा कार्यक्रम अघि बढाएको छ । यो अभियानलाई सफल बनाउन स्थानीय तह, प्रहरी,यातायात व्यवसायी, मजदुर लगायत सबै सरोकारवाला निकायको एकताबद्ध र सार्थक पहलकदमी आवश्यक छ । दुर्घटना न्युनिकरण अभियानलाई सबैको सहभागिताले मात्रै सफल बनाउन सकिने मैले विश्वास लिएको छु ।

शंकर पोखरेल
मुख्यमन्त्री 

मिति २०७६ मंसिर १८


प्रतिक्रिया दिनुहोस्