साइक्लिङ तर्फ नेपाललाई २ स्वर्ण

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ७ : ३६


काठमाडौं । १३ औँ सागमा नेपालले साइक्लिङ तर्फ बुधबार २ स्वर्ण पदक हात पारेको छ ।

साइक्लिङको पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले १/१ स्वर्ण पदक जितेका हुन् ।

बुधबार गोकर्णमा भएको प्रतिस्पर्धामा नेपालले पुरुष तर्फ शिर्ष तीन स्थान हात पारेको छ । 

नेपालका निरभ श्रेष्ठले पुरुषतर्फ र महिलातर्फ जमुना थापाले रजत पदक हात पारेका हुन् ।


प्रतिक्रिया दिनुहोस्