१३औँ सागः बंगलादेशसँग नेपालको लज्जास्पद हार

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ६ : १५


पोखरा । १३ औँ (साग) अन्तर्गत महिला क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ। 

बलियो टोली बंगलादेशसँग नेपाल १० विकेटले पराजित भएको हो। पोखरास्थित पोखरा रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.१ ओभरमा अलआउट हुँदै ५० रन मात्र बनाए।

नेपालका लागि कप्तान रुविना क्षेत्रीले १३ रन, ईन्दु वर्माले १० रन तथा सोनु खड्काले १२ रन बनाए। अन्य खेलाडीले उल्लेख योगदान दिन सकेनन् ।

बलिङतर्फ बंगलादेशकी रविया खानले सर्बाधिक ४ विकेट हात पार्दा जहानारा आलमले २ तथा सलमा खातुन, नैहिदा अख्तर र फहिम खातुनले समान १–१ विकेट लिएका थिए।

जवाफी ब्याटिंगमा बंगलादेशले कुनैपनि विकेट नगुमाएर जित हाँसिल गरेको छ। 


प्रतिक्रिया दिनुहोस्