आजको पञ्चाङ्ग
मिति २०७६ साल मंसिर १८ गते बुधबार। इस २०१९ डिसेम्बर ४। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेसं ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। अष्टमी, २५ः१८ उप्रान्त नवमी।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रनेछ भने मनोबल कमजोर हुनेहुँदा अरु प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट लाभ पाउँनेछन् । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ सफलताको सिडिहरु चढ्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) भाग्यले साथ दिने हुनाले व्यापार व्यावसायमा थोरै समय लगानी गर्दापनि प्रशस्त आम्दानी गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछैन ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सवारि साधन तथा भौतिक सम्पति हात लागि हुनेछ भने विलासी बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा प्रतिस्पर्धिहरुलार्ई किनारा लगाउँदै अगाडि बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउँदै नयाँ कामको थालनी गर्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) शेयर बजारमा लगानीगरि आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । चिठ्ठा पर्ने अधिक सम्भावना रहेकोछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा समाजका बौद्धिक व्यात्तित्वहरुसँग बिवाद हुने योग रहेकोछ । खानपान तथा मौषमको ख्याल गर्नुहोला छाति तथा श्वास प्रश्वास सम्बन्धि समस्या आउनसक्छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानी गर्न आट आउनेछ । मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाडता बढेर जानेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पतिपत्निबित बिश्वासको बाताबरण बढ्नेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) दिगो फइदा हुने व्यावसायमा लगानी गरि आम्दानीका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लामो दुरिको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी भूमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् ।