तेह्रौँ साग : फुटबलमा बङ्गलादेश र माल्दिभ्सको बराबरी

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ३ : ३१


काठमाडौँ । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा बङ्गलादेश र माल्दिभ्सले बराबरी खेलेका छन्। 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा बङ्गलादेश र माल्दिभ्सले १-१ गोलको बराबरी खेलेका हुन्। 

खेलको ३०औँ मिनेटमा माल्दिभ्सका कप्तान अक्रम अब्दुल घानीले आत्मघाती गोल गरेपछि बङ्गलादेश १–० गोलको स्थितिमा पुगेको थियो। 

खेलको ७०औँ मिनेटमा माल्दिभ्सका इब्राहिम महोदीले गोल गरी १–१ को बराबरीमा पु-याए । दुवै टोलीले एक/एक अङ्क बाँडेका छन् । 


प्रतिक्रिया दिनुहोस्