पाँच जिल्लाका सिडिओ हेरफेर

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  १० : ५३


काठमाडाैं । गृह मन्त्रालयले पर्सा, चितवनसहित पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) हेरफेर गरेको छ ।

पर्साका सिडिओ नारायण प्रसाद भट्टराईको चितवनमा तथा चितवनका जितेन्द्र बस्नेतको पर्सामा सरुवा भएको छ ।

भक्तपुरका नारायण भट्टलाई मकवानपुरको सिडिओमा सरुवा गरिएको छ । लमजुङका सिडिओ पनि फेरिएका छन् ।

डा. डिजन भट्टराईलाई अध्यागमन विभागमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयकी सहसचिव हुमकला पाण्डेलाई भक्तपुर तथा बरिष्ठ अध्यागमन अधिकृत लक्ष्मण बहादुर खड्कालाई लमजुङमा सिडिओ बनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्